आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारले तीनकुनेको जग्गा लुटेको वर्षौँ भयो, जग्गाधनीले अझै मुआब्जा पाएनन्ः बालेन


    हुलाक प्रेस

    • शुक्रबार, पुस १२ २०८११०:२७
    सरकारले तीनकुनेको जग्गा लुटेको वर्षौँ भयो, जग्गाधनीले अझै मुआब्जा पाएनन्ः बालेन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले तीनकुनेको जग्गाको मुआब्जा नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    शुक्रबारबाट सुरु भएको प्रथम कोटेश्वर महोत्सवमा सम्बोधनका क्रममा मेयर शाहले सरकारले तीनकुनेको जग्गा लुटेको वर्षौँ भए पनि अहिलेसम्म जग्गाधनीले मुआब्जा नपाउनु दुःखद् भएको बताए।

    तीनकुनेको जग्गा लुटिएको आफ्नो उमेरभन्दा पनि बढी भइसकेको उनको भनाइ थियो। उनले भने,’हाम्रो त उमेरभन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको छ। के भन्ने अब। यहाँका मान्छेहरुले दुःख पाउनुभएको छ।’

    जग्गाधनीलाई मुआब्जा दिनेबारे कुनै काम नभएको भन्दै उनले कोही नेता घरमा आएर आश्वासन दिएमा नपत्याउन पनि आग्रह गरे। ‘कुनै पनि नेता घरमा आश्वासन दिन आउनुभा’छ प्रोसेसमा छ, तपाईंहरुको काम हुँदै छ भने नपत्याउनुहोला। कुनै पनि काम भा’छैन। कुनै पनि प्रोसेस भा’छैन,’ उनले भने।

    अहिले दुई तिहाईको सरकार हुँदा पनि केही नगरेको उनले गुनासो गरे। उनले भने, ‘यसपाली त बहुमत, दुई तिहाईको सरकार छ। तैपनि केही गरेकै छैन। सरकारले व्यक्तिको जग्गा एक हिसाबले लुटेर राखेको स्थान हो यो। यसको मुआब्जा दिनलाई कुनै पनि प्रोसेस भा’छैन।’

    अहिलेको सरकारले चाह्यो भने मुआब्जा दिनसक्ने उनले बताए। अहिले काम भएन भने कहिल्यै पनि नहुने उनले बताए।

    ‘अहिले दुई तिहाईको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ। गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोतसाधन आफ्नै। सबै आफ्नै हो,’ उनले भने,’अहिले पनि यो काम भएन भने कहित्यै पनि हुँदैन।’


    प्रतिक्रिया दिनुहोस