बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कालीकोटमा सबैभन्दा धेरै वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी ?


    हुलाक प्रेस

    • शनिबार, पुस १३ २०८१०९:३१
    कालीकोटमा सबैभन्दा धेरै वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी ?

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका केही स्थानमा शुक्रबार र शनिबार वर्षा भएको छ । विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार, पछिल्लो २४ घण्टा (शनिबार बेलुका सवा ८ बजेसम्म)मा कालीकोटमा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ । यो अवधिमा कालीकोटको रास्कोटमा १८.६ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । कालीकोटकै नाग्मामा ८.४ मिलिमिटर वर्षा भएको छ ।

    यस्तै, डडेलधुराको डडेलधुरा वर्षा मापन केन्द्रमा १४.२, डडेलधुराकै साहुखर्कमा १३.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

    यो अवधिमा बैतडीको सिद्धपुरमा १३, बैतडीकै गोठालापानीमा ११.२, सतबाझमा ८.६ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।

    हुम्लाको सिमकोटमा १२.४, डोटीको पश्चिम सेती वर्षा मापन केन्द्रमा १०.२, डोटीकै गैरामा ८.८, दिपायलमा ८.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

    अछामको ओलीगाउँ वर्षा मापन केन्द्रमा ४.४, अछामकै चित्रेघाटमा ४.२, कैलालीमा ४, जुम्लामा ३.४, रुकुम पश्चिममा ३.२, बाजुरामा ३, कञ्चनपुरमा २.८, जाजरकोटमा २.४, मुगुमा २.४, सल्यानमा १.८, बर्दियामा १.४, मोरङमा १ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ । यसबाहेक अरू केही स्थानमा छिटपुट पानी परेको छ ।

    विभागका अनुसार, कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई ‘अति भारी’ वर्षा भनिन्छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

    कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि ‘मध्यम’ र १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस