आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंमा बालिकाको ‘बलात्कार’, युवक पक्राउ


    हुलाक प्रेस

    • शनिबार, पुस १३ २०८१०९:४३
    काठमाडौंमा बालिकाको ‘बलात्कार’, युवक पक्राउ

    काठमाडौं । काठमाडौंमा बालिकाको बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१२ स्थित वज्वलेक मेडिसिन प्रालिमा कार्यरत भारतको मोतिहारीका २६ वर्षीय राजु श्रीवास्तव छन् ।

    आठ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    राजुले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।


    प्रतिक्रिया दिनुहोस