आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • दक्षिण कोरिया विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२० पुग्यो


    हुलाक प्रेस

    • आइतबार, पुस १४ २०८११२:०३
    दक्षिण कोरिया विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२० पुग्यो

    काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । विमानमा सवार १८१ जनामध्ये १२० जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

    बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो ।

    थाइल्यान्डको बैंककबाट उडेको बोइङ ७३७–८०० विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण अझै पुष्टि हुन सकेको छैन । तर, चरासँग ठोक्किँदा र खराब मौसमका कारण दुर्घटना भएको हुन सक्ने विश्वास गरिएको छ ।

    दुर्घटनामा परेकामध्ये अहिलेसम्म दुई जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू उडान दलका सदस्य रहेको बीबीसीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस