बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • आइतबार, पुस १४ २०८११२:३८
    कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लूटीआई क्रुडको मूल्य १.४१ प्रतिशतले बढेर प्रतिब्यारेल ७०.६० डलर कायम भएको छ ।  

    यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.२४ प्रतिशतले बढेर प्रतिब्यारेल ७४.१७ डलर कायम भएको छ । चीनले ४११ बिलियन डलरबराबरको ट्रेजरी बोन्ड जारी गर्ने निर्णय गरेसँगै चीनको आर्थिक वृद्धि उकालो लाग्ने अपेक्षाकाबीच अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हो ।  

    यसले बजारको बुलिस सेन्टिमेन्टलाई बल पुगेको जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस