आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय किताबखानाका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ


    हुलाक प्रेस

    • आइतबार, पुस १४ २०८१०८:२९
    राष्ट्रिय किताबखानाका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ

    काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग ताहाचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो ।

    पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले तीन लाख रुपैयाँ घुससहित कार्यकक्षबाट नियन्त्रणमा लिएकाे हाे ।


    प्रतिक्रिया दिनुहोस