बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विशेष अदालतमा सुरु भयो टिकापुर जग्गा भ्रष्टाचार मुद्दाको सुनुवाइ


    हुलाक प्रेस

    • बुधबार, पुस १७ २०८१०६:३७
    विशेष अदालतमा सुरु भयो टिकापुर जग्गा भ्रष्टाचार मुद्दाको सुनुवाइ

    काठमाडौं । विशेष अदालतले कैलालीको टिकापुर नगर विकास समितिको जग्गा अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले २४९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दालाई नियमित सुनुवाइ गर्ने आदेश गरेको हो ।

    नक्कली रसिद बनाएर गलत ढंगले सार्वजनिक जग्गा व्यक्तिको नामा दर्ता गरेको आरोपमा अख्तियारले २५ माघ, २०८० मा समितिका अध्यक्षहरू, पदाधिकारीहरू, कर्मचारीहरु अनि जग्गा पाउने व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो ।

    भ्रष्टाचार मुद्दा दायर भएकामध्ये १४ जना टिकापुर विकास समिति र त्यसको जग्गा वितरण गर्ने कामसँग सम्बन्धित पदाधिकारी हुन् । ११० जना जग्गाधनी छन् । जग्गा लिएकामध्ये ७ जनाको निधन भइसकेको छ ।


    प्रतिक्रिया दिनुहोस