आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट, एकजना घाइते


    हुलाक प्रेस

    • बिहीबार , पुस १८ २०८११०:३२
    पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट, एकजना घाइते

    काठमाडौं । दोलखामा आगलागी हुँदा एकजना घाइते भएका छन् । जिरी नगरपालिका–२, छेर्मादिङस्थित ढुंगा र माटोबाट निर्मित जस्ताको छानो रहेको दुईतले कच्ची घरमा आगलागी भएको हो ।

    स्थानीय ३४ वर्षीय भीमबहादुर खड्काको उक्त घरमा बुधबार (हिजो) बेलुका करिब ८ बजेतिर आगलागी भएको थियो । भान्साकोठामा ट्रयाक्टरमा प्रयोग गर्न राखिएको पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    आगो निभाउने क्रममा घरधनी खड्का घाइते भएका छन् । उनको बायाँ खुट्टाको घुँडामुनिको भागमा आगोले पोलेको प्रहरीले जनाएको छ ।

    स्थानीय र प्रहरीको सहयोगमा बुधबारै राति करिब ९ः५० बजे आगलागी नियन्त्रणमा लिइएको थियो । घाइते खड्का जिरी अस्पतालमा उपचाररत छन् । आगलागीबाट करिब पाँच लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस