आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पत्रकार श्यामसुन्दर पुडासैनीको निधन


    हुलाक प्रेस

    • शनिबार, पुस २० २०८१११:०९
    पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

    काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। 

    अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ ह्यान्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 

    उनको मृत्युको कारण खुल्न बाँकी छ। तर, केही दिनयता उनी बिरामी रहेको उनीसँगै कार्यरत पत्रकार दीपेन्द्र सापकोटाले जानकारी दिए। अस्पतालमा नियमित जाँच गर्दै उनी कार्यालय जाने गरेका थिए। 

    नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए। हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए। 


    प्रतिक्रिया दिनुहोस