बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने


    हुलाक प्रेस

    • शनिबार, पुस २० २०८१०५:३४
    शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने भएका छन्।

    डा. कोइरालाको सचिवालयका अनुसार उनले यही जनवरी (१३ पुस २९ गते) बेलायती संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका हुन्। 

    बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा नेता कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्न लागेका हुन्।  

    अब शेखर कोइराला बेलायतको संसद्‌लाई सम्बोधन गर्ने पहिलो नेपाली नेता बन्ने उनको सचिवालयको दाबी छ। 

     


    प्रतिक्रिया दिनुहोस