आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बुहारीको हत्यापछि फरार व्यक्ति १६ वर्षपछि पक्राउ


    हुलाक प्रेस

    • शनिबार, पुस २० २०८१०५:३९
    बुहारीको हत्यापछि फरार व्यक्ति १६ वर्षपछि पक्राउ

    काठमाडौं । रौतहट प्रहरीले कर्तव्य ज्यानका अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।

    २०६५ पुस २४ गते आफ्नै बुहारी (भाइकी श्रीमती) हत्या गरी फरार कटहरिया नगरपालिका १ का ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो। 

    प्रहरीका अनुसार उनले आफ्नै भाइकी श्रीमती २२ वर्षकी शारदा देवीलाई हत्या गरी बेपत्ता पारेका थिए। तीन दिनपछि शारदाको शव बारीमा गाडिएको अवस्थामा फेला परेको थियो। 

    घटनापछि फरार महतोलाई १६ वर्षपछि पक्राउ गरिएको रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए।

    प्रहरीले जिल्ला अदालत रौतहटबाट म्याद लिएर थप अनुसन्धान सुरु गरेको छ।


    प्रतिक्रिया दिनुहोस