बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज वर्षा र हिमपात हुने सम्भावना कति छ ?


    हुलाक प्रेस

    • आइतबार, पुस २१ २०८११०:०१
    आज वर्षा र हिमपात हुने सम्भावना कति छ ?

    काठमाडौं । आज आइतबार देशभरको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    सबैजसो प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

    कोशी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    मधेश प्रदेशमा पनि तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    त्यस्तै, गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । 

    सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    भोलि सोमबार भने देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना छ । पश्चिम नेपालका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो दिन सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । 


    प्रतिक्रिया दिनुहोस