आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जनावरलाई थापेको धरापमा युवक परे, ४ जना पक्राउ


    हुलाक प्रेस

    • आइतबार, पुस २१ २०८११०:५०
    जनावरलाई थापेको धरापमा युवक परे, ४ जना पक्राउ

    धनगढी । कैलालीमा जंगली जनावर मार्न थापेको विद्यतीय धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन् ।

    गौरीगंगा नगरपालिका-१ को मौवारी सामुदायिक वनमा विद्युतीय तार बिछायाएर थापिएको धरापमा परेर गत भदौमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी घाइते भएका थिए ।

    उक्त घटनामा गौरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चौधरी, ४० वर्षीय शनिराम चौधरी, ३२ वर्षीय बाबुराम चौधरी र २६ वर्षीय बिनु चौधरीलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

    उनीहरूविरूद्व ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बोहराले बताए ।


    प्रतिक्रिया दिनुहोस