आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • ७५ प्रतिशत कैद छुटविरुद्ध सर्वोच्चमा रिट


    हुलाक प्रेस

    • आइतबार, पुस २१ २०८११०:३५
    ७५ प्रतिशत कैद छुटविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । द्वन्द्वकालिन घटनामा संलग्न कसुरदारहरुलाई भारी कैद छुट दिने गरी बनाइएको कानुनी व्यवस्था खारेज हुनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

    अधिवक्ताहरु पूर्णप्रसाद पौडेल र ज्ञानेन्द्र आरणले सत्य निरुपण तथा मेलमिलाप आयोग अनि बेपत्ता छानबिन आयोग ऐनमा भएको ७५ प्रतिशत कैद छुटको व्यवस्था खारेजीको माग राखेका हुन् ।

    संविधानमा भएको न्यायको हक, समानताको हकको प्रतिकुल हुने गरी उक्त कानूनी व्यवस्था राखिएको भन्दै उनीहरुले त्यसलाई बदर गर्न माग राखेका छन् ।

    सत्यनिरुपण तथा मेलमिलाप आयोग अनि बेपत्ता छानविन आयोग ऐनमा द्वन्द्वकालिन घटनाको सत्यतथ्य पत्ता लगाउन अनि अनुसन्धानमा सहयोग गरेमा कसुरदारहरुलाई ७५ प्रतिशतसम्म कम कैदको मागदावी गरी अभियोग लैजान सकिने व्यवस्था थियो ।

    उक्त व्यवस्थाले न्यायको आशामा बसेका द्वन्द्वपिडितहरुमाथि आघात भएको र द्वन्द्वकालमा मानव अधिकार उल्लंघनमा संलग्नहरुले झनै लाभ पाउने भन्दै उनीहरुले रिटनिवेदनमा ७५ प्रतिशत कैद छुटको व्यवस्था खारेजीको माग राखेका छन् ।


    प्रतिक्रिया दिनुहोस