आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सार्वजनिक यातायातको भाडा बढ्यो


    हुलाक प्रेस

    • सोमबार, पुस २२ २०८१११:२६
    सार्वजनिक यातायातको भाडा बढ्यो

    काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।

    विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।

    सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

    सरोकारवाला पक्षसँगको परामर्शमा पनि यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायत सूचकहरूमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा बढाउनुपर्ने देखिएको विभागको भनाइ छ ।

    यसअघि, सरकारले ०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस