आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतद्वारा तीन जना दोषी ठहर


    हुलाक प्रेस

    • मंगलबार, पुस २३ २०८१०७:४५
    सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतद्वारा तीन जना दोषी ठहर

    काठमाडौँ । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण मुद्दामा सूर्य बहादुर लिम्बूसहित तीन जनालाई दोषी ठहर गरेको छ । 

    विशेष अदालतका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले तेजबहादुर भन्ने केदारप्रसाद गौतम, राजीव थापा भन्ने कृष्णहरि थापा र वसन्त राई भन्ने सूर्यबहादुर लिम्बूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो । 

    विशेषले गौतमलाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना, थापालाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना र लिम्बूलाई ६ करोड ८ लाख बिगो, ५ वर्ष कैद र १२ करोड १६ लाख जरिवाना हुने फैसला सुनाएको छ ।


    प्रतिक्रिया दिनुहोस