बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शम्भुनाथ नगरपालिका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर


    विद्या राजपुत

    • शुक्रबार, असोज १२ २०८००६:३७
    शम्भुनाथ नगरपालिका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर

    काठमाडौं । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता सहित २ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

    विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको इजलासले गुप्ता सहित इञ्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो । उनीहरुमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो ।

    दुवैजनाबाट एक लाख ४० हजार रुपैयाँ विगो र त्यति नै जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दुवैलाई ६/६ महिना कैद गर्ने फैसला भएको छ ।

    साहलाई अख्तियारको टोलीले गत फागुनमा रंगेहात पक्राउ गरेको थियो । पछि मेयर गुप्ताले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा चलाएको हो ।




    प्रतिक्रिया दिनुहोस