आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी


    हुलाक प्रेस

    • मंगलबार, पुस २३ २०८१०८:१८
    रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी

    काठमाडौँ । रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट ल्याइएर कालिमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    समितिका अनुसार कालिमाटी तरकारी बजारस्थित पसल नम्बर ५५४ मा चेतनाथ सिलवालले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त  विषादीको मात्रा बढी भएको पाइएको हो ।

    बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।


    प्रतिक्रिया दिनुहोस