आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरको  कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, पुस २३ २०८१०२:२७
    ललितपुरको  कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

    सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । 

    हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले  बताए । अभियुक्तहरूबाट  ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान  मोबाइल फोन पनि बरामद भएको छ ।  उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए ।


  • सम्बन्धित विषय:

  • # crime
  • प्रतिक्रिया दिनुहोस