आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित


    हुलाक प्रेस

    • बुधबार, पुस २४ २०८१०९:५२
    सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

    किमाथाङ्का, सङ्खुवासभा । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए ।
     
    उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र  मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।  
    रासस


    प्रतिक्रिया दिनुहोस