आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात


    हुलाक प्रेस

    • बुधबार, पुस २४ २०८१०९:५७
    पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

    ताप्लेजुङ ।  सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने  तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । 

    पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए। हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए । 

    यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।

    केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #pathivara
  • प्रतिक्रिया दिनुहोस