आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • विना दर्ताका औषधि बजारमा, विभागद्वारा कारबाहीको चेतावनी


    हुलाक प्रेस

    • बिहीबार , पुस २५ २०८१०९:१२
    विना दर्ताका औषधि बजारमा, विभागद्वारा कारबाहीको चेतावनी

    काठमाडौं । औषधि व्यवस्था विभागले विनादर्ताका औषधि बिक्री-वितरण गर्ने विक्रेतालाई कारबाहीको चेतावनी दिएको छ । 

    आहारपूरक तथा सौन्दर्यका प्रसाधन समेतको रूपमा यस्ता औषधि बिक्री–वितरण भइरहेको अनुगमनका क्रममा पाइएको विभागले जनाएको छ । 

    विभागमा दर्ता नभएका, तर मिल्दोजुल्दो नाम भएका औषधि आयात र फार्मेसीमार्फत नै वितरण भइरहेको अनुगमनबाट देखिएको छ । विभागले प्रतिबन्धित गरेका सम्मिश्रण भएका औषधि चित्सिकले नै सिफारिस गरेको पनि पाइएको छ ।
     
    यसअघिका अनुगमनबाट पाइएका अवैध औषधि आयातकर्ता र विक्रेताविरुद्ध  सर्वोच्च अदालतमा नै मुद्दा विचाराधीन रहेकाले अब यस्ता कार्य नगर्न विभागको निर्देशन छ । 

    निर्देशन अटेर गर्ने विक्रेता, आयातकर्तालाई औषधि ऐन २०३५ अनुसार कारबाही गरिने विभागको चेतावनी छ । 


    प्रतिक्रिया दिनुहोस