आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुने


    हुलाक प्रेस

    • बिहीबार , पुस २५ २०८१०९:३६
    रवि लामिछाने काठमाडौँ  जिल्ला अदालतमा आफै उपस्थित हुने

    काठमाडौं । जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा आफै उपस्थित हुने भएका छन्।

    काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको मुद्दा दायर भएको छ। अदालतले पक्राउ पुर्जीसमेत जारी गरेकोले उनलाई पक्राउ गरेर काठमाडौँ प्रहरीको जिम्मा लगाउने तयारी कास्की प्रहरीले गरेको थियो।

    रविले काठमाडौँ जिल्ला अदालतमा भोलि आफै उपस्थित हुने बताएपछि उनलाई पक्राउ गरेर काठमाडौँ प्रहरीलाई बुझाउने तयारीबाट कास्की प्रहरी पछि हटेको हो।

    बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो। रवि ६५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टीमार्फत तिरेपछि उनी रिहा भएका हुन्।


    प्रतिक्रिया दिनुहोस