आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, पुस २६ २०८१०८:४३
    अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

    काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । 

    बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खसेको थियो । उक्त कारमा रहेका दुई नेपालीको मृत्यु भएको एनबीसीवाशिङ्गटनडटकमले जनाएको छ ।

    मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट छन् । १० फिट जमेको पानीमा उनीहरू डुबेको समाचारमा उल्लेख छ । 

    उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । “यो सानो सजावटी पोखरी हो । वास्तवमै यसमा डुबेर मृत्यु हुन्छ जस्तो लाग्दैन,” उद्धार प्रयासको प्रत्यक्षदर्शी बोनी गोल्डेनले भनेका छन्, “कहाँ मृत्यु हुन्छ भनेर सोच्दा पनि डरलाग्दो छ ।”  खड्का सोही होटेलमा हाउस किपिङमा काम गर्दै आएका थिए ।  


    प्रतिक्रिया दिनुहोस