बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने


    हुलाक प्रेस

    • बुधबार, मंसिर २० २०८००४:३०
    बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको हो । 

    उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको थियो । 


    प्रतिक्रिया दिनुहोस