बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विराटनगरमा आगलागीमा परेर घाइते भएका चार जनालाई थप उपचारको लागि काठमाडौ ल्याइयो


    हुलाक प्रेस

    • बुधबार, मंसिर २० २०८००६:५५
    विराटनगरमा आगलागीमा परेर घाइते भएका चार जनालाई थप उपचारको लागि काठमाडौ ल्याइयो

    काठमाडौं । विराटनगरमा कबाडी गोदाम भएको आगलागीमा परेर घाइते भएका चारजनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेनाको जहाजबाट चारजनालाई काठमाडौं ल्याइएको हो ।

    विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान, सोही वडाकी ६० वर्षीया रिता सरदार, ५८ वर्षीय किशोर कामत र  मोरङ कटहरी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया पिंकी कामतलाई काठमाडौं ल्याइएको छ । रिता सरदार र सुशीला पासवानको स्वास्थ्य अवस्था गम्भीर छ । उनीहरूको काठमाडौंमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुने छ ।

    विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित गोदाममा बुधबार अपराह्न आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो । जसमध्ये ३० वर्षीय दिपक मण्डलको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मत्यु भएको हो । एक महिलाको शव गोदाममै जलेको अवस्थामा फेला परेको थियो ।


    प्रतिक्रिया दिनुहोस