आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • चेक अनादर कसुरमा एमाले नेता किशोर मल्ल पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, माघ १ २०८१०२:३८
    चेक अनादर कसुरमा एमाले नेता किशोर मल्ल पक्राउ

    काठमाडौं । नेकपा (एमाले)का नेता किशोर विक्रम मल्ल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मल्ललाई पक्राउ गरेको हो । उनलाई सोमबार भक्तपुरबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनी चेक अनादर कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध एमालेकै एक नेताले २० लाख ५० हजारको चेक अनादर मुद्दामा निवेदन दिएका थिए । उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको थियो । मल्ल एमालेका केन्द्रीय सदस्य हुन् ।


    प्रतिक्रिया दिनुहोस