आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रवि लामिछानेको मुद्दामा आज उनका वकिलले बहस गर्ने


    हुलाक प्रेस

    • बुधबार, माघ २ २०८१०९:५६
    रवि लामिछानेको मुद्दामा आज उनका वकिलले बहस गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । 

    सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो । मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ । 

    उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट नौजनाले बहस गरेका थिए । आज लामिछानेका वकिलको बहस गर्नेछन् । लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।

    काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

    यही पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर सोही दिन उनी थुनामुक्त भएका थिए ।


    प्रतिक्रिया दिनुहोस