आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बालेनको कटाक्ष– टुँडिखेल र खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ


    हुलाक प्रेस

    • बुधबार, माघ २ २०८१०९:०२
    बालेनको कटाक्ष– टुँडिखेल र खुल्लामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

    काठमाडौं । सरकारले ल्याएको अध्यादेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कटाक्ष गरेका छन् ।

    सामाजिक सञ्जालमा एक स्टाटस राख्दै बालेन्द्रले खोला, टुँडिखेल, खुल्लामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएको भन्दै कटाक्ष गरेका हुन् ।

    उनले भनेका छन् :
    अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।


    प्रतिक्रिया दिनुहोस