आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • टायर पन्चर हुँदा हायस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते


    हुलाक प्रेस

    • शुक्रबार, माघ ४ २०८१११:२६
    टायर पन्चर हुँदा हायस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते

    काठमाडौं । सिन्धुलीमा हायस गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

    काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा३ख ८४४५ नम्बरको हायस बिहीबार (हिजो) बेलुका करिब साढे ५ बजे सुनकोसी गाउँपालिका–७, कानढुंग्रेस्थित सडकखण्डमा दुर्घटना भएको हो । टायर पन्चर हुँदा गाडी अनियन्त्रित भई सडकछेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी सुरुमा खुर्कोटस्थित सुनकोसी अस्पतालमा पठाइएको थियो ।

    घाइतेमध्ये धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुनकोसी, धुलिखेल, बीएन्डबी अस्पताल र ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये दुईजना ‘डिस्चार्ज’ भएका प्रहरीले जनाएको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     


    प्रतिक्रिया दिनुहोस