बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्रम्प र सीबिच टेलिफोन वार्ता


    हुलाक प्रेस

    • शनिबार, माघ ५ २०८१०९:२६
    ट्रम्प र सीबिच टेलिफोन वार्ता

    वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच टेलिफोन वार्ता भएको छ । ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको शपथ लिनुअघि दुई नेताबिच विभिन्न विषयमा कुराकानी भएको हो।

    चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् । सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा सी जिनपिङसँगको कुराकानीको जानकारी दिँदै ट्रम्पले उक्त कुराकानी दुवै देशका लागि राम्रो भएको बताए ।

    ट्रम्पले सीसँग व्यापार सन्तुलन, टिकटक र अन्य धेरै विषयमा छलफल गरेको जानकारी दिएका छन् । ट्रम्पले लेखे, ‘मलाई आशा छ, सँगै मिलेर हामी धेरै समस्याहरू समाधान गर्नेछौँ र यसलाई तुरुन्तै सुरु गर्नेछौँ। राष्ट्रपति सी जिनपिङ र म विश्वलाई शान्त र सुरक्षित बनाउन हर सम्भव प्रयास गर्नेछौँ।’


    प्रतिक्रिया दिनुहोस