आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरका यी ठाउँमा आज जाँदैछ ३ घण्टा बिजुली


    हुलाक प्रेस

    • शनिबार, माघ ५ २०८११०:०८
    ललितपुरका यी ठाउँमा आज जाँदैछ ३ घण्टा बिजुली

    काठमाडौं । ललितपुरका विभिन्न ठाउँमा आज पनि विजुली काटिँदैछ। मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्न लागेको हो। 

    प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुने जानकारी दिएको छ।

    निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुन सक्ने प्राधिकरणले जनाएको छ। बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ। 


    हिजो (शुक्रबार) पनि प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा विद्युत् कटौती गरेर निर्माण कार्य गरेको थियो। 


    प्रतिक्रिया दिनुहोस