बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनचाँदीको मूल्य घट्यो


    हुलाक प्रेस

    • आइतबार, माघ ६ २०८११०:५१
    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।


    प्रतिक्रिया दिनुहोस