बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, माघ ६ २०८११०:५५
    नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु

    लागोस । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।

    “अहिलेसम्म मृत्यु हुनेको संख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी)का प्रमुख कुमार सुक्वामले एएफपीसित टेलिफोनमा भने ।

    सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १०ः०० बजे डिक्को जंकसनमा दुर्घटनाग्रस्त भएको बताए । “अधिकांश पीडित चिन्न नसकिने गरी जलेका थिए,” उनले भने, “हामी चिजहरू स्पष्ट गर्न घटनास्थलमा छौँ ।”

    गम्भीर आर्थिक संकटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । रासस/एएफपी

     


    प्रतिक्रिया दिनुहोस