बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कैलालीको दशरथ माविका एक शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली


    हुलाक प्रेस

    • शुक्रबार, असोज १२ २०८००७:०८
    कैलालीको दशरथ माविका एक शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली

    काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको खुलेको छ। 

    राहतमा कार्यरत शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदातमा मुद्दा दायर गरेको छ। उनले इन्टरमिडियटको नक्कली सर्टिफिकेट पेस गरेर अध्यापन गरिरहेको पाइएको अख्तियारले जनाएको छ।

    शाहले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेसन, युपी राजकीय हुसेनवाद इन्टर कलेज भारतको शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका थिए। उक्त शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ।

    उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको भन्दै सोही अनुसारको सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
     


    प्रतिक्रिया दिनुहोस