आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ


    हुलाक प्रेस

    • आइतबार, माघ ६ २०८११०:०९
    वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी छन् ।

    टोखा नगरपालिका–३ बाट नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । कुटपिटमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा शनिबार उनलाई नियन्त्रणमा लिइएको थियो ।

    यसअघि प्रहरीले शुक्रबार त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस