बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्व स्वास्थ्य संगठनबाट अलग्गियो अमेरिका


    हुलाक प्रेस

    • मंगलबार, माघ ८ २०८११०:४४
    विश्व स्वास्थ्य संगठनबाट अलग्गियो अमेरिका

    काठमाडौं । अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग गर्ने आदेश जारी गरेका छन् ।

    यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “ओह, यो ठूलो निर्णय हो ।” अरू देशको तुलनामा यसका निम्ति अमेरिकाले अनुचित मूल्य चुकाएको ट्रम्पले बताएका छन् ।

    डब्ल्यूएचओतर्फ संकेत गर्दै ट्रम्पले भने, “उनीहरूको धेरै इच्छा छ कि हामी फिर्ता होऔँ । त्यसैले हेरौँ के हुन्छ ।”

    विश्वास गरिएको छ कि केही समयपछि डब्ल्यूएचओमा अमेरिका फेरि फिर्ता हुनेतर्फ ट्रम्पको यो संकेत हुनसक्छ । बीबीसी हिन्दीबाट ।


    प्रतिक्रिया दिनुहोस