बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • क्यापिटल हिल दंगामा संलग्न १५ सय व्यक्तिलाई ट्रम्पले दिए सजाय माफी


    हुलाक प्रेस

    • मंगलबार, माघ ८ २०८११०:४८
    क्यापिटल हिल दंगामा संलग्न १५ सय व्यक्तिलाई ट्रम्पले दिए सजाय माफी

    काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेलगत्तै उनले क्यापिटल हिल दंगामा संलग्न करिब १५ सय व्यक्तिलाई सजाय माफी दिएका छन् । 

    राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५ सय व्यक्तिलाई माफी दिन आदेश दिएका छन् । 

    गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकले क्यापिटल हिलमा दंगा र हड्ताल मच्चाएका थिए ।

    क्यापिटल हिल दंगाको आरोपमा जेलमा परेका ट्रम्प समर्थकका वकिलले स्थानीय समयअनुसार सोमबार रातिसम्म जेलमा परेका व्यक्ति रिहा हुने अपेक्षा व्यक्त गरेका छन् ।  

    ट्रम्प समर्थकको ठूलो भीड वाशिंगटन डीसी जेल बाहिर उनीहरूको रिहाइका लागि पर्खिरहेका छन् । बीबीसी 
     


    प्रतिक्रिया दिनुहोस