बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा जन्मेका आधारमा नागरिकता नदिने अडानमा ट्रम्प


    हुलाक प्रेस

    • मंगलबार, माघ ८ २०८११०:३२
    अमेरिकामा जन्मेका आधारमा नागरिकता नदिने अडानमा ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा नागरिकता अन्त्य गर्ने दिशामा कदम चालेका छन्।

    ट्रम्पले संघीय एजेन्सीहरूलाई अवैध आप्रवासी वा अस्थायी भिसामा अमेरिकामा रहेका आमाबाबुका सन्तानलाई जन्ममा आधारित नागरिकता नदिन आदेश दिएका हुन्।

    एजेन्सीहरूलाई यो आदेश पालना गर्न ३० दिनको समय दिइएको छ, यद्यपि यो विषयमा कानुनी चुनौती आउन सक्ने सम्भावना देखिन्छ।

    जन्ममा आधारित नागरिकता अमेरिकी संविधानको १४औँ संशोधनको लामो समयदेखिको व्याख्या हो,र ट्रम्पको नयाँ कदमलाई यो व्याख्या अन्त्य गर्ने पहलका रूपमा हेरिएको छ।

    शपथ खाएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ओभल अफिसमा धेरै आदेशमा हस्ताक्षर गरे, जसमध्ये एउटा यो आदेश पनि हो। बीबीसीका अनुसार तीमध्ये लगभग ८० आदेश पूर्वराष्ट्रपति जो बाइडेनका आदेश खारेज गर्नेसँग सम्बन्धित छन्। 

     


    प्रतिक्रिया दिनुहोस