आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आखेटोपहारसहित दुई जना पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , माघ १० २०८१११:१६
    आखेटोपहारसहित दुई जना पक्राउ

    चितवन । संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई सार्वजनिक गरेको हो ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका – १० बाट पक्राउ गरेको हो । अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ । उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम कारबाही हुने सूचना अधिकारी थापामगरले बताए । रासस


    प्रतिक्रिया दिनुहोस