आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • ताप्लेजुङमा गोली लागेका तीन जना गम्भीर घाइते, प्रहरी पनि घाइते


    हुलाक प्रेस

    • आइतबार, माघ १३ २०८१०९:१५
    ताप्लेजुङमा गोली लागेका तीन जना गम्भीर घाइते, प्रहरी पनि घाइते

    विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन् ।

    प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन् । गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ ।

    केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज आइतबारबाट आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा चार जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । उनीहरुको अवस्था गम्भीर छ । तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको डिएसपी रावलले बताए । मंगल लावतीको अवस्था सामान्य छ ।


    प्रतिक्रिया दिनुहोस