बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकाले रोक्यो विदेशमा दिइने सबै सहायता


    हुलाक प्रेस

    • आइतबार, माघ १३ २०८११०:२९
    अमेरिकाले रोक्यो विदेशमा दिइने सबै सहायता

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अरू देशमा दिइँदै आएको सहायता रोकेको छ । अमेरिकी अधिकारी र आफ्ना दूतावासहरूलाई पठाइएको आन्तरिक मेमो (पत्र)मा यो विशेष उल्लेख रहेको बीबीसीले जनाएको छ ।

    ‘लिक’ भएको यो सूचना राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेको कार्यकारी आदेशपछि आएको हो । यसमा परराष्ट्र नीतिको समीक्षा अवधिसम्म ९० दिनका निम्ति विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध लगाइएको छ ।

    अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता मुलुक हो । सन् २०२३ को सरकारी तथ्यांकानुसार अमेरिकाले विदेशी सहायतामा ६८ अर्ब डलर खर्च गर्छ ।

    अमेरिकी विदेश मन्त्रालयको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबै ठाउँमा लागु हुनेछ । उक्त मेमोमा अपवादका रूपमा आपत्कालीन खाद्य सहायता, इजरायल र इजिप्टलाई दिइने सैन्य सहायता यसमा पर्दैन ।

    लिक भएको मेमोको बीबीसीले पुष्टि गरेको जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस