आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बैंक ग्यारेन्टीमा छुटे रवि लामिछाने


    हुलाक प्रेस

    • आइतबार, माघ १३ २०८१११:३४
    बैंक ग्यारेन्टीमा छुटे रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । लामिछानेले बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका हुन् ।

    आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोही अनुसार उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् ।


    प्रतिक्रिया दिनुहोस