शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंमा बढ्यो प्रदुषण, वायुको गुणस्तर सूचकांक भन्दा माथि


    हुलाक प्रेस

    • बिहीबार , मंसिर २१ २०८००४:३४
    काठमाडौंमा बढ्यो प्रदुषण, वायुको गुणस्तर सूचकांक भन्दा माथि

    काठमाडौं । प्रदूषण बढेसँगै काठमाडौंको वायु अस्वस्थकर बनेको छ । उपत्यकाका अधिकांश स्थानको वायुमा प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ ।
      
    वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रमा बुधबार कीर्तिपुर सबैभन्दा प्रदूषित देखिएको छ । आज अपराह्न १२ बजे रेकर्ड भएको तथ्यांकअनुसार कीर्तिपुरमा प्रदूषणको मात्रा १७५ एक्यूआई पुगेको छ ।
     
    खुमलटारमा १७३, पुलचोकमा १६८, शंखपार्कमा १६५, भैँसेपाटीमा १६४ र रत्नपार्कमा १५८ एक्यूआई देखिएको छ ।
     
    विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुन्छ । 

    एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा पीएम २.५ जाँचिन्छ । पीएम २।५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।


    प्रतिक्रिया दिनुहोस