बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा ९०० ले घट्यो


    हुलाक प्रेस

    • मंगलबार, माघ १५ २०८१११:५७
    सुनको मूल्य तोलामा ९०० ले घट्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँ कायम छ । सोमबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस