बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त, यस्तो छ आरोप


    हुलाक प्रेस

    • मंगलबार, माघ १५ २०८११२:००
    ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त, यस्तो छ आरोप

    काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा पर्ने अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । 

    बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार न्याय विभागका एक अधिकारीले कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बताएका छन् ।

    राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन नगर्ने आशंका गर्दै ती अधिकारीहरूलाई हटाइएको बीबीसीले जनाएको छ ।  

    यसैबीच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ । यी आदेशहरू सेनामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीहरूको पुनस्र्थापना र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन् ।
     


    प्रतिक्रिया दिनुहोस