आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • कुम्भ मेलामा भागदौड मच्चियो, १५ जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, माघ १६ २०८१०१:०७
    कुम्भ मेलामा भागदौड मच्चियो, १५ जनाको मृत्यु

    काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा लागिरहेको कुम्भ मेलामा भएको भागदौडपछि भक्तजनले यसको व्यवस्थालाई लिएर गम्भीर प्रश्न उठाइरहेका छन् ।

    भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । भक्तजन त्रासमा रहेको बीबीसीले जनाएको छ । 

    भागदौडमा कतिजना घाइते भएका छन् र मारिएका छन् भन्ने आधिकारिक जानकारी आइसकेको छैन । यद्यपि, बीबीसीले कम्तिमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । 

    स्थानीय अस्पतालमा उपचार गराइरहेका एक घाइते महिलाले समाचार एजेन्सी पीटीआईसँग अचानक भागदौड भएको बताएकी छन् । उनले कुम्भ मेलाको व्यवस्थापनमा संलग्न केही व्यक्तिले लापरबाही गरेको आरोप लगाइन् ।

    अस्पतालमा उपस्थित एक व्यक्तिले भागदौडमा कम्तिमा ३०/४० जना घाइते भएको बताएका छन् । बीबीसी संवाददाता समिरा हुसेनले एक महिलालाई स्ट्रेचरमा बाहिर निकालिएको देखेकी थिइन् । उनको अनुहार आँसुले भिजेको थियो । 


    प्रतिक्रिया दिनुहोस