आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि पक्राउ


    हुलाक प्रेस

    • बुधबार, माघ १६ २०८१०१:५९
    डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि पक्राउ

    काठमाडौं । डिल्लीबजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले केशवराज बुढाथोकीलाई कारागारबाट भागेको १४ वर्षपछि पक्राउ गरेको हो ।

    उनलाई प्रहरीको टोलीले बुधबार बिहान काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । २०६६ सालमा ठगीको आरोपमा पक्राउ परेका उनलाई तीन वर्ष कैद सजाय तोकिएको थियो । उनी ०६७ सालमा कारागारबाट भागेका थिए ।

    प्रहरीको विषेश टोलीले गोप्य सूचनाका आधारमा बुढाथोकीलाई पक्राउ गर्न सफल भएको हो ।


    प्रतिक्रिया दिनुहोस