बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा हवाइजहाज र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनाप्रति विज्ञ अचम्मित


    हुलाक प्रेस

    • बिहीबार , माघ १७ २०८१०२:३४
    अमेरिकामा हवाइजहाज र हेलिकप्टर ठोक्किएर भएको दुर्घटनाप्रति विज्ञ अचम्मित

    काठमाडौँ । अमेरिकामा हवाइजहाज र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा आफूलाई अचम्मित बनाएको विज्ञले बताएका छन् । बीबीसीसँग कुरा गर्दै अमेरिकी उड्डयन सल्लाहकार जेफ्री थोमसले दुर्घटनाले आफूलाई अचम्मित बनाएको बताए । 

    उनकाअनुसार अमेरिकामा संसारको सबैभन्दा सुरक्षित एयरलाइन प्रणाली छ । उनले भनेका छन्, ‘यस्ता टक्करहरू विगतको कुरा मानिन्थ्यो र नयाँ प्रविधिले विमानहरूलाई इलेक्ट्रोनिक रूपमा एकअर्कासँग कुरा गर्न सक्षम बनाएको छ । जसले पाइलटहरूलाई यस्ता आसन्न टक्करहरूको बारेमा चेतावनी दिन्छ।’

    ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम भनिने यस्तो प्रणालीले विगत केही दशकहरूमा हजारौंको ज्यान बचाएको उनको भनाइ छ । उनका अनुसार सबै व्यावसायिक विमानहरू र धेरैजसो सैन्य विमानहरू यो प्रविधिले सुसज्जित छन् ।‘ प्राविधिक रूपमा यस्तो दुर्घटना कहिल्यै हुनुहुँदैन थियो। यो अचम्मित तुल्याउने घटना भएको र निकै दुखद छ’, उनको भनाइ छ । 

    वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर बिहीबार दुर्घटना भएको हो । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए ।

    जसमा अहिलेसम्म १८ जनाको शव फेला परेको समाचारमा उल्लेख छ ।


    प्रतिक्रिया दिनुहोस