बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सांसदलाई अध्यादेशको विपक्षमा नबोल्न आग्रह गर्न कांग्रेस संसदीय दलको बैठक


    हुलाक प्रेस

    • शुक्रबार, माघ १८ २०८१०८:४४
    सांसदलाई अध्यादेशको विपक्षमा नबोल्न आग्रह गर्न कांग्रेस संसदीय दलको बैठक

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । 

    बैठकमा आजबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा छलफल हुनेछ । तीन जना बाहेक कांग्रेसका सबै सांसद सरकारले ल्याएको अध्यादेशको विपक्षमा रहेपछि उनीहरूलाई विरोधमा नबोल्न आग्रह गर्न संसदीय दलको बैठक बोलाइएको हो । 

    प्रतीमा गौतम, कुशुम थापा र वीरबहादुर बलायरबाहेकका कांग्रेस सांसद् अध्यादेशको विपक्षमा छन् । सत्तारुढ दलकै सांसद अध्यादेशको विपक्षमा रहेपछि शीर्ष नेतृत्व उनीहरूलाई मौन रहन आग्रह गर्दै आएको छ । 

    संसद् बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।


    प्रतिक्रिया दिनुहोस